कोरोना विशेष

काठमाडौँ उपत्यकामा थप ४६१ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर १ हजार ६०३ जना कोरोना संक्रमित थपिएका छन् भने २७ जनाको मृत्‍यु भएको छ ।