कोरोना विशेष

१ हजार ६०३ मा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको ४ हजार ८७६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ४२ र ३ हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ हजार ५५२ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २७ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार २२५ पुगेको छ ।