समाचार

थप १९ जनाको मृत्यु हुँदा तीन हजार बढी संक्रमण मुक्त


काठमाडौँ – पछिल्लो २४ घन्टामा मुलुकभर २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १३३ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै मुलुकभर ६ लाख ८१ हजार १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ६६ रहेको छ । योसँगै निको हुनेको संख्या ६ लाख ६ हजार ६६६ जना पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १९ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार १९८ पुगेको छ ।