राजनीति

राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभाको अधिकार अपहरण भयो : सभामुख सापकोटा


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् । मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताउनु भयो ।

अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।