कोरोना विशेष

२ हजार ४४४ मा कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु


काठमाडौँ – २४ घण्टामा देशभर २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५०९ र ४ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८५३ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४२ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ५१ पुगेको छ ।