कोरोना विशेष

१ हजार ९२० मा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु


काठमाडौँ – २४ घण्टामा देशभर १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार सात रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९००९ पुगेको छ ।