समाचार

संक्रामक देखिएको डेल्टा प्लस नेपालमा पनि, खोप नआए भयावह अवस्था सिर्जना हुने


काठमाडौँ – नेपालमा कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आइ नसक्दै संक्रमितहरुमा अर्को डेल्टा भेरियन्ट पुष्टि भएको छ । डेल्टा भेरियन्ट थप संक्रामक र जोखिमपूर्ण हुने भएकोले आम जनमानसमा चिन्ता बढेको छ । यता विज्ञले पनि यो भेरियन्टको संक्रमण बढेर तेस्रो लहर आउने जोखिम रहेको बताउछन् ।

हाल नेपालमा दोस्रो लहर फैलिएको डेल्टा भेरिएन्यको अर्को रूप ‘डेल्टा प्लस’ हो । विभिन्न देशमा देखा परेको यो भेरियन्ट नेपालमा समेत पुष्टि भएको छ । हालसम्म ९ वटा नमुनामा देखिएको डेल्टा प्लस भेरियन्ट उच्च संक्रामक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमूना परीक्षणका लागि भारतको नयाँ दिल्लीस्थित डब्लुएचओ आइडेन्टिफाइड सेन्टर फर एक्सिलेन्स जेनोनमिक, इन्स्टिच्युट अफ जेनोमिक एण्ड इन्टेग्रेटिभ बायोलोजी आइजीआइबीमा पठाइएको थियो ।

जसमध्ये ४७ वटामा डेल्टा भेरियन्ट र एउटामा अल्फा भेरियन्ट देखिएको थियो । नेपालमा भेरियन्ट अफ कन्सर्नको रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । संक्रमितको संख्या क्रमशः घट्दै जादा जनजीवन पहिलेकै अवस्थामा फर्किने अपेक्षा गरिरहेको बेला यसले झनै चिन्ता बढेको छ । नेपालमा जति सक्दो छिटो आमनागरिकले खोप लगाउन पाए भने संक्रमणबाट बच्न सक्ने विज्ञहरु बताउछन् ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकोे भन्दै चिन्ता व्यक्त गरेको छ । यही अनुपातमा डेल्टा भेरियन्ट फैलिरहे विश्वमै संक्रमण बढ्ने खतरा भएको डब्लूएचओले चेतवानी दिएको छ । विज्ञहरुले कोरोनाको नयाँ भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर गर्न भएकोले सतर्क रहनुपर्ने बताउछन् ।

स्वास्थ्य सुरक्षा अपनाउन हेलचेक्य्राइँ गर्ने परिपाटी र खोपको उपलब्धता सुनिश्चित हुन नसक्नुले महामारीको तेस्रो लहर झनै फैलिन सक्ने देखिन्छ । यसमा पनि डेल्टा प्लस भेरियन्टले उत्प्रेरकको काम गर्न सक्ने सम्भावना छ । त्यसैले यो संकटबाट मुक्ति पाउनको लागि सरकारले आमनागरिको जीवन रक्षाका लागि गम्भिर बन्न जरुरी छ ।