काठमाडौँ –एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेको बताएका छन् । राजधानीमा नागरिक समाज र पत्रकारहरूसँगको अन्तर्क्रियामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बीचैमा छोडेर आएमा प्रधानमन्त्रीको अफर गरेको बताएका हुन् ।
‘मलाई प्रधानमन्त्रीको प्रस्ताव आइसकेको छ । देउवालाई बीचमै छोड्दिनुस् तपाईँ प्रधानमन्त्री बन्नुस् भनेका थिए । मैले माधव नेपालले अरूलाई धोका दिँदैन भनेर जवाफ फर्काएँ’, नेपालले भने ।
तर, आफू ओलीको पटक(पटकको धोका र चालबाजीबाट दिक्क भएर विद्रोहमा उत्रिएकाले नस्वीकारेको बताए । उनले आफ्नो लडाइँ व्यक्तिविरुद्ध नभई प्रवृत्तिविरुद्ध भएको बताए ।
ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको बताउँदै उनले सत्ताबाट बाहिरिएपछि त्यो सबै हराउने दाबीसमेत गरे । नेपालले आफूले गठबन्धनलाई धोका दिने उनले बताए । अदालतबाट हस्ताक्षर फिर्ता लिन सम्भव नभएको र संविधानको धारा ७६ ९५० मा दलीय अनुशासन लागू नहुँने उनको भनाइ थियो ।
पदका लागि विद्रोह नगरेको बताउँदै नेपालले पटक(पटकको धोका र चालविरुद्ध विद्रोहमा उत्रिएको दाबी गरे । ओली सच्चीएर आए आफूले स्वीकार्ने नेपालले बताए ।
प्रतिक्रिया