राजनीति

माधव नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव, गठबन्धन तोड्नु पर्ने सर्त

योहो संवाददाता

काठमाडौँ –एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेको बताएका छन् । राजधानीमा नागरिक समाज र पत्रकारहरूसँगको अन्तर्क्रियामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बीचैमा छोडेर आएमा प्रधानमन्त्रीको अफर गरेको बताएका हुन् ।

‘मलाई प्रधानमन्त्रीको प्रस्ताव आइसकेको छ । देउवालाई बीचमै छोड्दिनुस् तपाईँ प्रधानमन्त्री बन्नुस् भनेका थिए । मैले माधव नेपालले अरूलाई धोका दिँदैन भनेर जवाफ फर्काएँ’, नेपालले भने ।

तर, आफू ओलीको पटक(पटकको धोका र चालबाजीबाट दिक्क भएर विद्रोहमा उत्रिएकाले नस्वीकारेको बताए । उनले आफ्नो लडाइँ व्यक्तिविरुद्ध नभई प्रवृत्तिविरुद्ध भएको बताए ।

ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको बताउँदै उनले सत्ताबाट बाहिरिएपछि त्यो सबै हराउने दाबीसमेत गरे । नेपालले आफूले गठबन्धनलाई धोका दिने उनले बताए । अदालतबाट हस्ताक्षर फिर्ता लिन सम्भव नभएको र संविधानको धारा ७६ ९५० मा दलीय अनुशासन लागू नहुँने उनको भनाइ थियो ।

पदका लागि विद्रोह नगरेको बताउँदै नेपालले पटक(पटकको धोका र चालविरुद्ध विद्रोहमा उत्रिएको दाबी गरे । ओली सच्चीएर आए आफूले स्वीकार्ने नेपालले बताए ।