राजनीति

प्रचण्डको आरोप : संविधानमाथि निरंकुश प्रहार भयो


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संविधानमाथि निरंकुश प्रहार गरिएको बताएका छन् । देशलाई अप्ठ्यारोमा धकेल्ने प्रयास भइरहेको उनको भनाइ छ ।

शनिबार विपक्षी गठबन्धनद्वारा नयाँ बानेश्वरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले शासन सञ्चालन गर्नेहरुबाट संविधान मिच्ने काम भएको जिकिर गरे । राष्ट्रिय स्वाधीनतामाथि पनि खेलबाड भएको उनले उल्लेख गरे ।

ठूलो संघर्ष र बलिदानबाट बनेको संविधानको रक्षा गर्न आफूहरुको गठबन्धन अघि बढेको उनले बताए । गठबन्धन मुद्दामा आधारित भएको भन्दै उनले आफूहरुको कुनै स्वार्थ नभएको बताए ।

आफूहरुको लडाइँ प्रधानमन्त्रीको निम्ति नभएको पनि उनले बताए ।