मौसम

भारी वर्षासँगै उपत्यकाको नदीमा पानीको सतह बढ्यो


काठमाडौँ – मनसुनी वायुको प्रभावले आज संघीय राजधानी काठमाडौँ लगायत मुलुकका अधिकांश स्थानहरुमा भारी वर्षा भएको छ ।

शुक्रबार सांझ देखि नै काठमाडौं लगायत मुलुकका कतिपय स्थानमा भारी वर्षा भएको छ । बर्षासंगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।

त्यसैगरी, काठमाण्डौको बागमती, विष्णुमति नदीको पानीको सतह बढेको छ । धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ । काठमाण्डौका विभिन्न नदी र खोलाहरुको पानी बाहिरीने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसंगै किनारका सुकुम्बासी बस्ती जोखिममा परेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश भुभागमा बर्षा हुने र केही स्थानमा भने भारी बर्षा हुनसक्ने भन्दै सचेत हुन आव्हान पनि गरेको छ ।