मौसम

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) देशभर समान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले पनि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ । आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

बुलेटिनअनुसार यस क्रममा पाँचवटा प्रदेशमा भने भारी वर्षासमेत हुने सम्भावना देखिएको छ ।

बुलेटिनमा भनिएको छ, प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।

मौुसमविद् मानन्धरका अनुुसार हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना त सबैतिर छ भने भारी वर्षाचाहिँ उल्लिखित प्रदेशका कुनै कुनै स्थानमा हुने हो । यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ । यस क्रममा प्रदेश नं १, प्रदेश नं २ र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् मानन्धरका अनुसार आज (शनिबार) र भोलि मनसुन सक्रिय रहने देखिएको छ ।