समाचार

असोज मसान्तसम्म ३३ प्रतिशतलाई कोरोनाको खोप



काठमाडौँ – सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप दिने लक्ष्य राखेको छ ।

स्वास्थ्य मन्त्रालयले असोज मसान्तसम्म कम्तिमा ३३ प्रतिशत जनसंख्यालाई पहिलो मात्रा खोप दिइसक्ने जनाएको छ । लक्षित जनसंख्यालाई सके दुबैमात्रा नसके पहिलो मात्रा मात्रै खोप दिन सकेमा मात्र कारोना सक्रमण नियन्त्रणमा सहयोग पुग्ने जनाइएको छ ।

यसका लागि १ करोड ५० लाख डोज आवश्यक पर्ने र आवश्यक खोपको अर्डर गरिएको पनि जनाइएकोे छ । समयमै खोप उपलव्ध नहुँदा खोप अभियान शुरु भएको ५ महिनामा जम्मा २५ लाख ५६ हजार १ सय २९ जना अर्थात ८ दशमलब २ प्रतिशत जनसंख्याले पहिलो मात्रा र ७ लाख ४५ हजार ६ सय ७० अर्थात २ दशमलब ३ प्रतिशत जनसंख्या मात्रैले दुबै मात्रा खोप पाएका छन् ।

यसैबीच कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ ।