कोरोना विशेष

२ हजार ४७६ मा कोरोना संक्रमण पुष्टि, ५ हजार ४५५ निको भए


काठमाडौँ – २४ घण्टामा देशभर २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १४ हजार ३५१ परीक्षणमा ८ हजार ५८६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७२१ र ४ हजार ७६५ एन्टिजेन परीक्षणमा ७५५ जना गरी २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ४५५ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २७ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ८ हजार ९४५ पुगेको छ ।