समाचार

बाढीपहिरो प्रभावितलाई खोप लगाउन प्राथमिकता दिने निर्णय


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन् ।

मन्त्री श्रेष्ठले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताउनुभयो । ‘कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ’,श्रेष्ठले ‘हामी कुराभन्दा काममा विश्वास गर्दछौँ, त्यसैले हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कार देखाउने छौँ ।’