कोरोना विशेष

असार २२ देखि भेरोसेल खोपको दोस्रो डोज दिइने


काठमाडौँ – कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा खोप दिइने भएको छ । आज स्वास्थ्य सेवा विभागले एक सूचना जारी गर्दै पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको जनाएको हो ।

खोप लगाउन जादा यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो डोज लगाउन छुटेकाले समेत दोस्रो डोज लगाउन पाउने छन ।