समाचार

जनताले चुनाव अघि खोप लगाउन पाउनेछन् : मन्त्री श्रेष्ठ


काठमाडौँ – शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मध्यावधि चुनाव अघि नै जनताले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने बताएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेषठले , ‘जनताले नो भोट, नो खोप भनेका छन्, हामी एस खोप, एस भोट गराउँछौं ।’

खोपको सम्बन्धमा छिटै चमत्कारिक सफलता प्राप्त हुने शिक्षामन्त्री श्रेष्ठले बताउनुभयो । शिक्षामन्त्री श्रेष्ठले ‘आगामी वर्षभित्र सबै नागरिकले खोप पाउनेछन् । प्रधानमन्त्रीको पनि यही चाहना छ ।’