राजनीति

भट्टराईले बताए ५ दलीय गठबन्धनको औचित्य


काठमाडौँ – पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफूहरूले ५ दलीय गठबन्धनको औचित्य बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगनविरुद्ध ५ दलीय गठबन्धनको तत्कालीन र दीर्घकालीन औचित्य रहेको उल्लेख गरेका हुन् ।

‘डा. भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्,

ओली प्रतिगमनविरूद्ध ५ दलीय गठबन्धनको तत्कालीन मुख्य औचित्य संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा तथा विकास त हो नै१ साथै दीर्घकालीन रूपमा समावेशीता, संघीयता, सुशासन र समतामूलक समृद्धिको प्रवद्र्धन पनि हो,’ ‘यसबारे हाम्रो पुस्ता अझै आत्मालोचक बनेर पुस्तान्तरणका निम्ति तयार हुनैपर्छ ’