राजनीति

माधवले विपक्षीसँग मिलेर राजतन्त्र फर्काउन लागे : खिमलाल भट्टराई


काठमाडौँ – राष्ट्रिय सभामा नेकपा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता माधव नेपाललाई विपक्षीसँग मिलेर देशमा राजतन्त्र फर्काउन थालेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा उनले माधवकुमार नेपाल मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य विपक्षी दलका नेताहरूसँग मिलेर मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउन लागेको टिप्पणी गरेका हुन् । विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको उनको आरोप छ ।

‘विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठबन्धनको नेताहरू शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होसियार बनौं,’ उनले लेखेका छन् ।

नेता भट्टराईले यसअघि पार्टी एकताका लागि दुवै समूहलाई दवाव दिँदै आएका थिए ।