काठमाडौँ – आफ्नो दल त्यागेर नेकपा एमालेमा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि देशका विभिन्न स्थानीय तहका १४ जनप्रतिनिधिको पद खाली बनेका छन् ।
निर्वाचन आयोगले आज (शुक्रबार) सूचना जारी गरी रौतहटमा ७, कैलालीमा ४ तथा सिरहा, ओखलढुंगा र महोत्तरीमा एक–एक जनप्रतिनिधि रिक्त रहेको जानकारी दिएको हो।
यही असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकबाट उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगलाई दिइएको थियो ।
कारबाहीमा परी हटेका जनप्रतिनिधि, जुन स्थान रिक्त भए :

प्रतिक्रिया