राजनीति

प्रचण्ड, माधव र देउवाको एकसाथ गर्जन


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धगठन भएको विपक्षी गठबन्धनले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा मुलुक संकटमा परेको आरोप लगाएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीमा ओली नै चाहिन्छ भन्ने मनशाय राखेपछि अदालत पुग्नुपरेको विपक्षीको दाबी छ ।

पाँच दलीय गठबन्धन विपक्षमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई लखेटिरहेका बेला विहिबार एकैपटक सरकारका २० मन्त्रीलाई सर्वाेच्चले पदमुक्त गरिदियो ।जुन फैसला प्रधानमन्त्रीका लागि अप्रत्यासित र हानिकारक सावित भइरहँदा विपक्षी गठबन्धनले त्यसलाई जोडतोडले स्वागत ग¥यो । राजनीतिक र कानुनी हिसावले ओलीको धरातल कमजोर बन्दै जादाँ विपक्षीहरु शक्ति देखाउने तयारीमा छन् ।

विहिबार विपक्षी गठबन्धनको नेतृत्व गरिरहेका तीन पूर्वप्रधानमन्त्रीसहितका नेताहरुएकैस्थानबाट बोल्दै ओलीको बहिर्गमनपछि पनि गठबन्धन कायम राख्ने निष्कर्ष निकाले ।नेपाली कांग्रेसका सभापति तथा विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीका दाबेदार बनेकाशेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा मुलुक गम्भिर संकटमा परेका बताए । बहुमत सांसदको दाबी राष्ट्रपतिले अस्विकार गरेपछि अदालत पुगेको देउवाको भनाई छ ।

यसअघि पाँच पूर्वप्रधानमन्त्रीले वक्तव्य जारी गर्दै देशमा विदेशी हस्तक्षेप बढेको दाबी गरेका थिए । सोझो अर्थमा भारतकै बलबुतामा ओलीले नेपालमा अनेक हर्कत गरेको उनीहरुको भनाई थियोे । जसलाई विहिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेपरिस्थिति गम्भिर भएकै कारण सामुहिक अपिल गरेको दाबी गरेका छन् ।उनले ओली भिलेन भन्ने जनताले थाहा पाएको समेत जिकिर गरे ।

दलहरुबीच एक्लिदै गएका ओलीले आफ्नो पार्टीको सिङगो पंक्तिकोपनि साथ पाएका छैनन् । विपक्षीसंग अभिएर ओलीविरुद्ध आक्रामक नीति लिएको माधव पक्षले जुनसुकै हालतमा विकल्प खोज्नुपर्ने औल्याउँदै आएको छ । विहिबार पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई अहंकार कम गर्न आग्रह गरे । ओलीकै अहंकारले संसद् विघटन भएपनि कोर्स करेक्सन गर्न सकिने भन्दै नेता नेपालले ओलीले गल्ती स्विकार गरे ठाँउ दिन सकिने बताए ।

एउटै कार्यकालमा दुईदुई पटक प्रतिनिधिसभा विघटन गरेर ओलीले अनौठो रेकर्ड कायम गरेको जसपाका अध्यक्ष उपेन्द्र यादवको दाबी छ ।ओलीकै कारण विभाजनको अन्तिम कसरतमा रहेको जसपाका अध्यक्ष यादवले पूर्वराजाकै सिको गरेर ओलीले अध्यादेशमार्फत शासन गर्न खोजेको भन्दै ज्ञानेन्द्र पथमा अघि बढेको आरोप लगाए । उनले राष्ट्रपतिले प्रधानमन्त्रीमा ओली नै चाहिन्छ भन्ने ढीपी कसेको समेत बताए ।

देउवालाई प्रधानमन्त्री बनाउन माग राख्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित दर्ता गराएको रिट निवेदनमा संवैधानिक इजलासमार्फत बुधबारदेखि सुनुवाइ सुरु भएको छ ।गठबन्धनको मागदाबीअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा मात्रै पुनःस्थापना गरेमा फेरि पनि ओली सत्तामा टिक्ने मौका पाउने भय गठबन्धनमा देखिन्छ । किनकि ओलीले जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षलाई विश्वासमाराखिरहेका छन् ।तर आफ्नै पार्टीका २३ सांसदले विपक्षमा हस्ताक्षर गरेकाले ओलीको बहिगर्मन धेरै पर देखिदैन भने विपक्षीले सर्वाेच्चको फैसला आफ्नै पक्षमा आउने भन्दै ओलीलाईसत्ताच्यूत गरेरै छाड्ने अड्डी कसेको छ ।