राजनीति

असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान


काठमाडौँ – मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठक आगामी बिहीबारका लागि आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक असार १७ गते अपरान्ह ४ बजेका लागि आह्वान गरेकी हुन् ।

सरकारले असार १० गते राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।