राजनीति

गल्ती स्वीकार गरे ओलीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुर जी : माधव नेपाल


काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरे कोर्स करेक्सन गरेर अघि बढ्नु पर्ने बताएका छन् ।
विपक्षी गठबन्धनले आज मिडियाका सम्पादकहरूसँग गरेको छलफलका क्रममा उनले ओलीले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न चाहे स्वागत गर्नुपर्ने पनि बताए हुन् । “हामीले कोर्स करेक्सन गर्न चाहिरेका छौँ । केपी ओलीले सङ्कोचमा लानुभएको छ । हामी यसलाई पोजेटिभ दिशामा लान खोजिरहेका छौँ । मानिस हुन् । कहिलेकाहीँ गल्ती हुन्छ । गल्ती स्वीकार गरेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुर जी । म ठाउँ छोड्दिन्छु । राजीनामा दिन्छु । यो कोर्स होइन् । अरूसँग सँठगाँठ गरेर लाग्दैन,” उनले भने ।

संसद् विघटन गरेर मुलुकलाई अनिश्चततातर्फ अहंकारका कारण धकेलिएको बताए । उनले ओलीलाई कोर्स करेक्सन गर्न आग्रह गरे ।