राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीबाट लोकतन्त्र नै संकटमा पर्यो: सभापति देउवा


काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनले लोकतन्त्र नै संकटमा परेको बताउनुभएको छ । बिहीबार सम्पादकसँगको अन्तक्रिर्यामा बोल्दै देउवाले दुई पटक संसद विघटन गर्दै अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोज्ने काम भएको र यसले मुलुकलाई संकटमा धकेल्ने बताउनुभएको छ ।

देउवाले १४९ जना सांसदले हस्ताक्षर गरि सरकार गठनको लागि गरिएको दाबीलार्इृ खारेज गर्नु भनेकैै लोकतन्त्र संकटमा परेको बताउनुभयो । संविधान, लोकतन्त्रको रक्षाका लागि नागरिक समाज, बुद्धिजीवि वर्गको सहकार्य आजको आवश्यकता रहेको देउवाले बताउनुभयो ।