काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साह सम्मिलित नगरसभामा झडप भएको छ । रौतहटको मौलापुर नगरपालिकामा भएको नगरसभामा झगडा भएको हो ।
बिहीबार नेता साह प्रमुख अतिथि रहेको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएका छन् ।
तनावका बीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।
प्रतिक्रिया