राजनीति

एमाले र माओवादीले ललितपुर नगरसभा बहिष्कार गर्ने


काठमाडौँ – ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यहरुले बहिष्कार गर्ने भएका छन् ।

नगरसभामा ९२ सदस्य छन् । तीमध्ये ६६ जनाले बहिकार गर्ने निर्णय गरेको वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । महानगरमा एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले बहिष्कार गर्न लागेका हुन् ।

बिहीबार देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्नेछ । बजेट सार्वजनिक गर्न ललितपुर महानगरले पनि बिहीबार दिउँसो १ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको छ ।

ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गिता सत्याल नेपाली कांग्रेसका हुन् । मेयर र उपमेयर कांग्रेसको भए पनि लतिलपुर महानगरमा कांग्रेस अल्पमतमा छ ।