राजनीति

धारा ७६ (५) सांसदलाई दिएको ब्रह्मास्त्र हो : रमण श्रेष्ठ


काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको बहस जारी छ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६(५) सरकार दिएर संसद जोगाउने ब्रह्मास्त्र भएको बताउनु भएको छ ।

संसद विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमा संवैधानिक इजलासमा सुरु भएको बहसमा श्रेष्ठले ७६ (५) सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्ने बताउनुभयो ।

उनले भने, ‘७६ (५) सांसदहरुलाई दिएको ब्रह्मास्त्र हो । जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्छ । यसैका लागि ७६९५० राखिएको हो ।’ यसमा दलको समर्थन चाहिने, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्क गलत भएको श्रेष्ठले बताउनुभयो ।

राष्ट्रपतिको लिखत जवाफमा अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्न भनेर परमादेश हुन सक्दैन भन्ने जिकीर गरिएको भन्दै उनले खण्डन गरेका छन् । ‘अघिल्लो पटक प्रधानमन्त्रीको विशेषाधिकारको विषयमा व्यापक बहस भयो ।

संविधानमा नलेखेका जति सबै अधिकार प्रधानमन्त्रीलाई हुन्छ भनियो’ उनले भने, अहिले रास्ट्रपतिको अधिकारको कुरा गरिएको छ । तर ७६(५) सांसदहरुले अन्तिमम सम्म पनि सरकार दिएर संसद जोगाउने ब्रह्मास्त्र हो ।’