राजनीति

माधव पक्ष र पूर्वमाओवादी नेताको चेपुवाले ओली ‘भ्याकेट’मा, अदालतको आदेशपछि एमाले विवाद थप संकटमा


काठमाडौँ – सर्वाेच्च अदालतको आदेशलाई नै चुनौति दिदै ओली पक्ष पुनरावलोकनमा पुगेपछि सत्तारुढ एमालेको एकता थप संकटमा परेको छ ।माधव पक्ष र पूर्व माओवादी नेताहरुमा असन्तुष्टि बढ्दै गएका बेला ओली पुनरावेदन दिन अदालत पुगेपछि एमाले विवाद थप अन्योलपूर्ण बनेको हो ।

सत्तारुढ नेकपा एमाले न एकता, न विभाजनको अवस्थामा रहेका बेला सर्वाेच्च अदालतले जेठ २७ मा गरेको फैसलापछि मिलनबिन्दुभेटिएको आँकलन थियो ।कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्दै गर्दा दशौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई समेत वैधानिकता नदिने रनवौ महाधिवेशनबाट निर्वाचित कमिटीनै एमालेको असली संरचना भनेर सर्वाेच्चले आदेश दिएपछि पार्टी २०७५ जेठ २ मा फर्किएको थियो । तर सर्वोच्चको अन्तरिम आदेशलाई समेत चुनौती दिँदै एमाले अध्यक्ष केपी शर्मा ओली पुनरावेदन निवेदन अर्थात (भ्याकेट) मा गएपछि पार्टी एकता झन् विच्किएको छ ।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले दशौं महाधिवेशन आयोजक कमिटीलाई नै मान्यता दिनुपर्ने माग सहित पुनरवलोकन गर्न अदालत पुगेपछि माधव पक्षले त्यसलाई एकता विपरितको कार्य भनेको छ । अध्यक्ष ओलीको भ्याकेटमा जाने निर्णयले एमाले एकता थप भाँडिएको भन्दैअदालतले दिएको अवसरलाई समेत निरर्थक बनाएर ओलीले विभाजन गरिछाड्ने मनशाय बोकेको माधव पक्षको दाबी छ ।

पार्टीभित्र माधव पक्षसहित पूर्व माओवादी नेताहरुको असन्तुष्टिसमेत बढ्दै गएका बेला अध्यक्ष ओलीलेभ्याकेटमा जाने निर्णय लिएका हुन् ।जसबाट झस्किएको माधव पक्षले एकताका लागि भइरहेको संवाद प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।तर न पार्टीमा सन्तोषजनक भूमिका, न भविष्यबारेको स्पष्ट मार्गचित्र, उचित जिम्मेवारी नपाएपछि छटपटाएको पूर्वमाओवादी धारलाई मिलाउन ओलीभ्याकेटमा जानुपर्ने बाध्यतामा परेको कतिपयको बुझाई छ । किनकि यसअघि जेठ २३ गते ओलीले ६बुँदे प्रस्ताव सार्वजनिक गर्दै २०७५ जेठ ३ को अवस्थामापार्टीलाई फर्काउने घोषणा गरेका थिए ।

जसको अर्थ थियो, पूर्वमाओवादी तर्फका नेताहरु सहितको एमाले संरचना कायम गर्नु । तर अदालतले नै नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई वैधानिक भनेपछि माओवादीबाट आएका नेताहरु जिम्मेवारी मुक्त भएका थिए । त्यसयता निरन्तर ओलीमाथि दबाब दिईरहेका उनीहरुको व्यवस्थापन गर्न नसके पूर्व माओवादीको साथ गुमाउनु पर्ने डर ओलीमा देखिन्छ । किनकि ओली पक्ष आफुहरु बिना अघि बढ्न खोजे वा वालुवाटारले अन्योलको राजनीति गर्न खोजे राम्रो नहुने पूर्वमाओवादी नेताहरुले ओलीलाई चेतावनी नै दिन थालेका छन् ।

यसअघि भएका अनौपचारिक वार्तामा ओली पक्षका नेताहरु जेठ २ मा फर्किन तयार भएका थिए भने पूर्वमाओवादी नेताहरुलाई उचित भूमिका दिन माधव पक्षका नेताहरु पनि सहमत थिए ।तर यसका लागि नवौं महाधिवेशनबाट निर्वाचित कमिटीले नै निर्णय गनुपर्ने उनीहरुको अडान छ ।ओली भने माधव पक्षले विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ताको अडानमा छन् ।दुबै पक्ष अडानमा टसको मस भएका छैनन् ।विवाद समाधानको प्रयास भैरहेको बेलामा ओली भ्याकेटमै गएपछि अदालतले मंगलबार दुबै पक्षलाई बोलाउन आदेश दिएको छ । उता एमालेभित्र किचलो मच्चिएकै बेला ओलीले बनाएका २० मन्त्रीको पद मंगलबार सर्वाेच्चले खोसिदिएको छ । ओलीमाथि अनेक संकट चुलिएका बेला एमालेको एकताथप अन्योलमा परेको छ ।