देश

असार १७ गते देखि आन्तरिक उडान सुचारु


काठमाडौँ – कोरोना संक्रमण रोकथामका लागि बन्द भएको आन्तरिक उडान असार १७ गते देखि सुचारु हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु गर्न अनुमति दिएको हो । उक्त निर्णयलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो । सो अनुरुप मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको हो ।