देश

राष्ट्रिय सरोकारले सरकारी अधिकारीसँग सोधपुछ गर्ने


काठमाडौँ – राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोभिड–१९ विरुद्धको खोपको सहज उपलब्धता नभएको भन्दै सरकारका सम्बन्धित अधिकारीसँग यस विषयमा सोधपुछ गर्ने भएको छ ।

आज बसेको समितिको बैठकले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका व्यक्तिहरुले पनि दोस्रो मात्रा खोप पाउन नसकेको र खोपको उपलब्धता हुन नसकेको भन्दै के कारणले यस्तो भएको भन्ने सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको हो ।

यस्तै समितिले विपतको सम्बन्धमा सरकारले गरेको पूर्व तयारी र विपतपछि प्रतिकार्यका लागि बनाएको योजनाको सम्बन्धमा पनि छलफल गर्ने भएको छ ।।