कोरोना विशेष

२ हजार ४२१ मा कोरोना संक्रमण पुष्टि, ८१ जनाको मृत्यु


काठमाडौँ – २४ घण्टामा देशभर २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १२ हजार ४१४ परीक्षणमा ७ हजार ४६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५११ र ४ हजार ९५३ एन्टिजेन परीक्षणमा ९१० जना गरी २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ५५८ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ८१ जनाको मृत्यु भएको छ ।