राजनीति

लुम्बिनी प्रदेशसभा बैठक स्थगित


काठमाडौँ – लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ ।


आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र विनियोजन विद्येयक पेश गर्ने कार्यसूची तोकिएको थियो ।

आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेका थिए । असार २१ गते जसपाका ४ सांसदको बारेमा सर्वोच्चबाट फैसला आइसकेपछि निचोडमा जाने दलहरुबीच सहमति भएपछि बैठक सारिएको बताइएको छ ।