समाचार

भीरबाट लडेर वडा सदस्यको मृत्यु



काठमाडौँ – भीरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ । जाजरकोट जनाभेरी नगरपालिका– २ कि वडा सदस्य शसिला नेपालीको बुधबार मृत्यु भएको हो ।

वडा स्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन भेरी नगरपालिका (२ डिंगाबाट बाहुनथाना जाने क्रममा बाटोमा चिप्लिएर गम्भीर घाइते भएकी नेपालीको उपचारका लागि नेपालगञ्ज लाने क्रममा बाटोमै मृत्यु भएको हो ।