कोरोना विशेष

खुकुलो हुँदै निषेधाज्ञा : विज्ञ भन्छन्, खोप नभए तेश्रो लहर आउछ (भिडियोसहित)


काठमाडौँ – विश्वका अन्य देशले कोरोना विरुद्धको खोप लगाएर आफ्ना नागरिक सुरक्षित गरिसक्दा नेपालमा भने अझै खोप कहाँबाट ल्याउने हो टुङ्गो लागेको छैन ।

सरकारले हप्ता/दश दिनमा खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने बताएको झण्डै एक महिना हुँदासमेत खोप आउने अन्योल कायमै छ । कोरोनाको जोखिम र खोपको माग उच्च रहेको नेपालमा खोप खरिदमा भएको यो ढिलाईले सरकारको लाचारिपन प्रष्ट भएको छ । विश्वका अधिकांश देश यति बेला कोरोना विरुद्धको खोप कसरी आम नागरिकसम्म पु¥याउन सकिन्छ भनेर जोडतोडका साथ लागि परेका छन् । खोप लगाउन कोही नछुटुन भनेर अमेरिकामा विभिन्न प्याकेजको घोषणा गरिएको छ भने फिलिपिन्सका राष्ट्रपतिले खोप नलगाउनेलाई जेल हाल्ने चेतावनी दिएका छन् ।

खोप नलगाइदिने फिलोपिनोहरूको व्यवहारले दिक्क भएको उल्लेख गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । त्यस्तै दोश्रो लहरले सबैभन्दा बढि प्रभावित मध्येको देश भारतले सोमबार मात्रै ८० लाख नागरिकलाई खोप लगाएर किर्तिमान बनाएको छ भने चीनले १ अर्ब बढिलाई खोप दिएको छ । तर नेपालमा भने कोराना महामारी विरुद्धको ब्रम्हास्त्र मानिएको खोप राजनीतिको विषय मात्र बनेको छ । छिमेकी मुलुकसंग राम्रो सम्बन्ध रहेको तथा तीन महिना भित्र सबैले नागरिकलाई खोप दिने घोषणा गरेको सरकारले अझै खोप आयात गर्न सकेको छैन ।

खोपका लागि राष्ट्रपतिलाई समेत अघि सारेको सरकारले अझै खोप आयातको श्रोत के हो प्रष्ट पार्न सकेको छैन । बरु सबैलाई खोप दिने र छिट्टै दिने जस्ता गोलमटोल उत्तर दिएरै पन्छिरहेको छ ।
सरकार खोप खरिदमा कति नालायक साबित भइसकेको छ भन्ने कुरा तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ब्रेक थ्रु गर्ने भनेर तोकिएको मिति घर्किएसंगै प्रष्ट भईसकेको छ । उनले सरकारले हप्ता/दश दिनमा खोप ल्याएर ‘ब्रेक थ्रु गर्ने बताएका थिए ।

सरकारले विभिन्न खोप उत्पादक मुलुकसँग खरिदका लागि छलफल गरिरहेको बताँउदै ज्ञवालीले चीनको सिनोफर्म र अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीबाट ५०÷५० लाख मात्राका दरले खोप खरिद गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिएका थिए । त्यस्तै नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले समेत छिट्टै नेपालीले खोप पाउने बताएका थिए । तर यो अभिव्यक्ति आएको १ महिना पुग्न लाग्दा चीनको सहयोगमा थप १० लाख डोज खोप प्राप्त गर्नुबाहेक अरु उपलब्धी भएको छैन । त्यतिमात्र नभएर अमेरिकाले विभिन्न देशलाई बाढ्न लागेको थप साढे ५ करोड डोज खोपमा समेत नेपाल प्राथमिकतामा पर्न सकेको छैन ।

उक्त खोप दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई सोझै खोप दिने भएपनि नेपालले भने एसियाका लागि छुट्याएको झन्डै १ करोड ६० लाख डोज खोप बाँड्दा पर्ने भागमा सिमित हुने भएको छ । यसबाट समेत खोप उत्पादक देशको नजरमा नेपालको हैसियत के छ भन्ने प्रष्ट भएको छ । एकातर्फ खोप खरिद गर्न नसक्ने अर्कातर्फ दानमा पाउने खोपमा समेत पछि पर्ने नेपालको अवस्था देखिएको छ ।

सरकार निषेधाज्ञा विस्तारै खुकुलो गनुपर्ने दबाबमा छ । विज्ञहरुले तेस्रो लहरको चेतावनी दिने गरेकोले चाडो खोप आयात गरेर सबैले खोप प्राप्त गर्ने तर्फ सरकार केन्द्रित हुनुपर्ने हो । तर आम नागरिकले खोप प्राप्त गर्ने त परको कुरा कोभिसिल्ड लगाएका झन्डै १४ लाख मानिसहरू समेत दोस्रो डोजको खोप पाएका छैनन्