राजनीति

सर्वोच्चको फेसलामा महेश बस्नेतको आक्रोश : अदालत सेटिङमा चल्यो


काठमाडौँ – एमाले नेता महेश बस्नेतले मन्त्रिपरिषद पुनर्गठनबिरुद्ध सर्वोच्च अदालतको आदेशप्रति टिप्पणी गर्नुभएको छ । बस्नेतले सामाजिक सञ्जालमार्फत अदालतका फैसलाहरु कि त सेटिङ्गमा हुने गर्दछन् कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन् भन्दै आक्रोश पोख्नुभएको छ ।

‘ हिजो माओबादी अध्यक्ष प्रचण्डले धादिङमा आफुले पा्रप्त गरेको बिशेष सूचना भनेर जे बोल्नुभएको थियो, आज प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद विस्तार भएको भन्दै दायर भएको रिटमाथि प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो । यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्वअनुमान खास ठाउँमा दिने गर्दछन, कि प्रचण्डको भबिष्यबाणी काग कराउनु कुखुरा हराउनु भएको हो,’ बस्नेतले भन्नुभएको छ ।