राजनीति

ओलीलाई संविधानको शक्ति देखाइदियो सर्वोच्चले : दिनेश त्रिपाठी


काठमाडौँ – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतले संसद विघटनपछिको मन्त्रिपरिषद विस्तार बदर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको शक्ति देखाइदिएको टिप्पणी गरेका छन् ।

सर्वोच्चको आदेशपछि कुरा गर्दै रिट निवेदकसमेत रहेका त्रिपाठी, ‘सर्वोच्चको आदेशले प्रधानमन्त्रीको अधिनायकपन, अहंकार र घमण्डमा धक्का दियो । उनको दूषित मानसिकता चकनाचुर बनायो । सारमा भन्दा संविधानको शक्ति के हो केपी ओलीले थाहा पाए ।’