काठमाडौँ – सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै अर्थमन्त्री बिष्णु पौडेलको उपप्रधानमन्त्री पद पनि गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो मन्त्रिपरिषद्का चार मन्त्रीबाहेक सबैलाई हटाएर नयाँ मन्त्रीहरु थपेका थिए भने पौडेललाई अर्थमन्त्रीसहित उपप्रधानमन्त्री पदमा बढुवा गरेका थिए ।
सर्वोच्चका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मंगलबार मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि दुई उपप्रधानमन्त्रीसहित २० जनाको मन्त्री पद गएको छ । २० मन्त्रीहरु मन्त्रिपरिषद्बाट बाहिरिएपछि अब केपी ओलीको नेतृत्वमा पाँच जना मन्त्रीहरुमात्र मन्त्रिपरिषद्मा रहनेछन् ।
प्रतिक्रिया