राजनीति

ज्ञवालीको प्रतिक्रिया : अदालतको फैसला अप्रत्यासित छ, यसले राजनीतिक जटिलतातर्फ लैजान्छ


काठमाडौँ – सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताएका छन् । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिक जटिलतातर्फ धकेल्ने समेत बताउनु भएको छ ।

प्रवक्ता ज्ञवालीले अदालतको फैसला अप्रत्यासित रहेको बताउनुभयो । ‘अदालतको फैसला अप्रत्यासित छ, यसले राजनीतिक जटिलतातर्फ लैजान्छ,’ ज्ञवालीले भने,‘यसबारेमा थप कुरा हामी पार्टीमा छलफल गरेरमात्रै भन्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २७ मा मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोसमय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चले आज अन्तरिम आदेश दिएसँगै ओली नेतृत्वको सरकार पाँच मन्त्रीमा सीमित भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले उक्त मन्त्रिपरिषद् बिस्तार असंवैधानिक भन्दै सर्वोच्चमा रिट दिएका थिए ।