राजनीति

सर्वोच्चले ओलीलाई विधि र विधान सिकायो: देव गुरुङ


काठमाडौँ : सर्वोच्च अदालतको अन्तरिम आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधि र विधान सिकाइदिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले टिप्पणी गर्नुभएको छ । सर्वोच्चले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरषद्का सदस्यलाई पदमुक्त गराउन आजै अन्तरिम आदेश दिएको छ ।

‘यो काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पाउँदैन भन्ने त स्थापीत मान्यता हो । प्रधानमन्त्री ओलीले विधि विधान केही नमानेर मन्त्रिपरिषद् विस्तार गर्नु भएको थियो,’ उहाँले भननुभयो, ‘केपी ओलीलाई सर्वोच्चले विधि विधान सिकाइदियो ।’

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको आज मंगलबारको इजलासले प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीरुलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको हो ।