राजनीति

उपेन्द्र यादवले गरे सर्वोच्चको आदेशको स्वागत


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको अन्तरिम आदेशको स्वागत गरेका छन् ।

मंगलबार यादवले मन्त्रिपरिषद् विस्तारको निर्णय खारेज गर्ने सर्वोच्चको आदेशलगत्तै योहो खबरसँगको संक्षिप्त प्रतिक्रियामा सर्वोच्चले सही निर्णय गरिदिएको बताउनुभयो ।

“यो देशमा सबैभन्दा बढी संविधान उल्लंघन गर्ने प्रधानमन्त्री हो,” यादवले भने, “अब संवैधानिक निकाएका असंवैधानिक नियुक्ति पनि खारेज हुनुपर्छ ।”