राजनीति

पुरानो ठाउँमा फर्कनसक्ने कुनै सम्भावना छैन,त्यो सम्भावना हिजो पनि थिएन : मणि थापा (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेका नेता मणि थापाले वृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि आफूहरूले केपि ओलीलाई साथ दिएको बताएका छन् ।

ओली र प्रचण्डले शुरू गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरूले राजनीतिक रूपमा कुनै गल्ती नगरेको थापाले बताउनुभयो । ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो समर्थन गर्‍यौँ । त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो ।

हामी नेकपा निर्माण गर्न चाहान्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहान्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले शुरू गर्नुभयो । त्यो प्रक्रियालाई पूरा गर्न चाहान्छौँ’, थापाले भने, ‘त्यो प्रक्रियालाई पूरा गर्ने बाटोबाट हामी हिँडिरहेकाले राजनीतिक रूपमा केही गल्ती गरेका छैनौँ । हामी उपयोग भएको होइन । राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने जुन बनिरहेको छ त्यसले राजनीति विकृत गरेको छ ।

त्यसको पक्षमा हामी छैनौँ । हामी ठीक ठाउँमा छौँ । यहाँ हामी संघर्ष गरेर फेरी नयाँ कम्युनिष्ट आन्दोलनको ध्रुवीकरणमा भएको हुनाले हामी त्यतिधेरै चिन्तित छैनौँ ।’