राजनीति

प्रचण्डले गरे नारायणीले डुबान क्षेत्रको अवलोकन


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिवतनको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

मंगलबार विहान प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नं २६ को सिसई क्षेत्रको अनुगमनमा गएका हुन् ।

प्रचण्डले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्यालाई स्थायी समाधान गर्न बिस्तृत गूरूयोजनाको काम अघि बढाएको बताउनुभयाचे ।
सो क्रममा स्थानीयले असार पहिलो हप्ता आएको बाढी र डुबानबाट भएको क्षतिबारे प्रचण्डलाई जानकारी गराएका थिए।

बाढीले भरतपुर महानगरपालिकाको ३ को दोभान चोक, वडा नं १६ को झनझने र वडा नं २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए ।बाढीका कारण करिब १ सय बिगाहा खेतीयोग्य जमिन डुबानमा परेको थियो ।