राजनीति

सर्वोच्चको आदेशलाई चुनौती दिँदै एमाले अध्यक्ष ओली समूह पुनरावेदनमा गएपछि एकताको वार्ता संकटमा


काठमाडौं – सर्वोच्च अदालतको अन्तरिम आदेशलाई चुनौती दिँदै एमाले अध्यक्ष केपी ओली समूह पुनरावेदन निवेदनमा गएपछि पार्टी एकताका लागि दुई पक्षबीच भएको वार्ता संकटमा परेको छ ।

सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको निर्णयलाई वैधता दिन नसकिने भन्दै कर्णाली प्रदेशका चार सांसद पुनर्बहाली गर्ने अन्तरिम आदेश दिएको थियो । तर, उक्त अन्तरिम आदेशपछि अधिवक्ता ईश्वरीप्रसाद भट्टराईमार्फत् ओलीले सर्वोच्चमा पुनरावेदन गरेपछि एकताका लागि भएका वार्ता संकटमा परेको एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहका नेताहरुले बताएका छन् ।

पछिल्लो समय शीर्ष तहमा वार्ता नभएपनि दोस्रो तहका नेताहरूले एकताको प्रयास गर्दै आएका थिए । ओली निकट नेता सुवास नेम्वाङले पुनरावेदन र एकताको साइनो–सम्बन्ध नभएको बताउनुभयो । उहाँले एकताका लागि निरन्तर लागिरहने बताउनुभयो ।