राजनीति

लुम्बिनीमा जसपाको मुद्दाबारे २१ गते सुनुवाई हुने


काठमाडौँ – जसपा लुम्बिनी प्रदेशका चार सांसदबारेको मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते हुने भएको छ । योसँगै (जसपा) ले पदमुक्त गरेका लुम्बिनी प्रदेश सभाका चार जना मन्त्रीको सांसद पद तत्कालका लागि जोगिएको छ ।


उपेन्द्र यादव पक्षको कारवाहीपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेयसहित चार जना सांसद सर्वोच्चले जेठ ३ मा अल्पकालीन अन्तरिम आदेशपछि पुनर्वहाली भएका थिए । अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जवाफ पेस भइसकेको भन्दै रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको आदेश दिएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो ।