कोरोना विशेष

नेपालमा डेल्टा भेरियन्टमा नयाँ म्युटेसन भेटियो, सबै उमेर समूहकालाई असर गर्ने


काठमाडौँ – नेपालमा फैलिएको कोरोना भाइरस डेल्टा भेरियन्टको परिवर्तित रुप पुष्टि भएको छ । देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी र एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन ए वाई. १ भनिने के १४१७ एन म्युटेसन भेटिएको जनाइएको छ । हाल सम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ ।