राजनीति

दल बदल गरेकालाई निष्कासन गर्ने माओवादी केन्द्रको औपचारिक निर्णय


काठमाडौँ– नेकपा माओवादी केन्द्रले दल बदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने औपचारिक निर्णय गरेको छ । केन्द्रीय कमिटिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने औपचारिक निर्णय गरेको हो ।

सोमबार भर्चुअल विधिबाट माओवादीको केन्द्रीय कमिटी बैठक बसेको हो । यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो ।

तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन । माओवादी नेता देव गुरुङले दल बदल गरेकाहरुलाई कारबाही गर्ने यसअघि नै निर्णय गरेकाले फेरि पनि निर्वाचन आयोगलाई ताकेता गर्ने निर्णय भएको बताउनुभयो ।