समाचार

१५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार



काठमाडौँ –भारतमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ५ जनाको समूहमा आएका पुरुषहरुले उनको बलात्कार गरेका हुन् । परिवार र पिडित बालिकाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ भने २ जना अझै फरार रहेका छन् ।

घटना भएको दिन ती बालिका आफ्नो घरमा सुतिरहेकी थिइन् । घरमा भाइ र उनी सुतिरहेकी थिए । भाइका अनुसार ५ जना घरमा एका एक आएका थिए । घरमा पसेपछि उनीहरुले उनलाईसमेत कुटपिट गरेका थिए र बालिकालाई खेतमा लिएर गएका थिए । ती आरोपितहरुले बालीकालाई घटना बारे कसैलाई भने परिवारलाई मार्ने धम्की दिएका थिए ।

फरार २ जनाको खोजी गरिरहेको भारतीय प्रहरीले बताएको छ । र पक्राउ परेकाहरुसँग पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ