राजनीति

दीपक मनाङ्गे र प्रचण्डबीच भेटवार्ता : के भयो कुराकानी ?


काठमाडौँ – गण्डकी प्रदेशका मन्त्री दिपक मनाङ्गे (राजीव गुरुङ) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका छन् ।

फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ बताएका छन् ।

गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गरिरहेका मनाङ्गे त्यसकै लविङका लागि प्रचण्डलाई भेट्न आएको अनुमान गरिएको छ । गण्डकी मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले मनाङ्गेसहित चार जनालाई मन्त्री नियुक्त गरे पनि कुनै मन्त्रालय दिन सकेका छैनन् ।

११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निधो भइसकेको छ । त्यसपछि आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङ्गे संघर्षमा छन् ।