राजनीति

देउवा निवासमा विपक्षी गठबन्धनको छलफल


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

सभापति देउवा,रामचन्द्र पौडेल र पूर्णवहादुर खड्का सहभागी छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायत नेता छलफलमा जुटेका हुन्।

सर्वोच्च अदालतमा असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई शुरु हुन लागेका बेला विपक्षी गठबन्धनको थप रणनीति बनाउन कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।