राजनीति

सर्वोच्चले धितोपत्र बोर्डलाई दियो कारण देखाऊ आदेश


काठकाडौँ – नेपाल धितोपत्र बोर्डलाई सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

गत मंगलबार बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भनेर नामै सार्वजनिक गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो । न्यायाधीश कुमार चुडालको इजलासले सो रिटमा सुनुवाई गर्दै १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो ।

बोर्डको कदमविरुद्ध अधिवक्ता रविन बोहजुले रिट दर्ता गराएका थिए । बोर्डले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको साथै नियामक क्षेत्राधिकारबाहिर गएर बजारलाई प्रभावित पारेको रिटमा उल्लेख छ ।