समाचार

देशभर २४ सय जनामा कोरोना पुष्टि, ३६ सय भन्दा बढी संक्रमण मुक्त


काठमाडौँ – आज देशभर दुई हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ११ हजार ६९६ जनाको स्वाब परीक्षण गरिएकोमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।


मन्त्रालयका अनुसार सात हजार १० जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६८८ र चार हजार ६८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जनामा कोरोना देखिएको हो। 

पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार ६७५ पुगेको छ।  मृत्युदरमा शुक्रबार को तुलनामा आज दश जनाले कमी आएको हो । हिजो ४४ जनाको मृत्यु भएको थियो।

यस्तै आज कोरोनाबाट तीन हजार ६६० जना निको भएर घर फर्केका छन्। शुक्रबार चार हजार २० जना निको भएका थिए।